काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि ओमन सरकारले नेपाललगायत अन्य देशका नागरिकलाई भोलिबाट अर्को निर्णय नहुन्जेलसम्म ओमन प्रवेशमा रोक लगाएको छ।

“८ अप्रिल २०२१, बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी ओमनी नागरिक तथा ओमनको आवासीय कार्डबाहकलाई मात्र प्रवेश खुला राख्दै विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ,” ओमनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।