
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ।
देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो।
त्यस्तै मन्त्रालयले ठुला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ। घरबाहिर जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन समेत दिइएको छ।



जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्