आजकाल मानिसहरू घरमै बस्न थालेका छन् । बाहिर निस्किए पनि दोसल्लाले टाउको देखी घाँटी सम्म छोपिने गरी बेरेर त्यसमाथि पनि अनुहारमा छुट्टै मास्क र चस्मा लाएर मानिसहरू बाहिर देखिएका छन् । संयोग नै भनौँ पोहोर साल यतिखेरैको समय मानिसहरू निस्किनै परे यही हुलियामा निस्किएका थिए । तर कारण भने पहिलेको वर्ष र यो वर्ष बिलकुल फरक छन् । अर्थात् पहिले कोरोना थियो अहिले वायु प्रदूषण ।

गत वर्षझैं यसपालि पनि खुलेआम हिँड्ने माहोल छैन -नेपालमा । त्यसैले त सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पनि ह्वात्तै बढेका छन् । यसपालि नेपालभरका वनजंगलमा पालैपालो डढेलो लाग्दै छ । जसको फलस्वरूप देशभरको सहरको एयर क्वालिटी (एक्युआई) ३०० भन्दा माथि पुगेको छ । जुन मानव स्वास्थ्यको लागि निकै हानिकारक भनेर वातावरण विभागले भनिसक्यो । प्रकृतिले पनि आफ्नो संरक्षण नगरिदिएको बदलामा नमिठो झापट मानिसलाई दिएको छ । धमिलिएको आकाश र तुवाँलोले भरिपूर्ण अहिलेको धुम्म वातावरण, तुवाँलो र नमिठो सुगन्धले मानिसहरूको आँखा नाक पोल्ने, श्वासप्रश्वासमा समस्या देखिने जस्ता रोगहरू आइलागेका छन् ।

यसैबिच वायु प्रदूषणले पराकाष्ठा नाघेपछि सामाजिक संजालमा पनि मानिसहरू यसलाई कम गराउन सक्रियरुपमा लागि परेका छन् । केही समय अघि नेपालको सबैभन्दा ठुलो समस्या के हो ? भनेर फेसबुकका बौद्धिक वर्ग भएको ग्रुपमा पोस्टाउँदा उत्तरमा आउने भनेको कित वर्तमान राजनीतिक परिदृश्य, कित कोरोना, हदैसम्म भए बलात्कार भन्ने हुन्थ्यो । तर अब केही समूहहरूको आँखा खुलेको छ । वायु प्रदूषण पनि नेपालको प्रमुख समस्या हो भन्ने प्रयोगकर्ताहरुले थाहा पाइसकेका छन् । त्यसैले त ट्विटर, फेसबुकतिर फाट्टफुट्ट प्रयोग कर्ताहरू – आई क्यान नट ब्रिथ ! अर्थात् मैले सास फेर्ने सकिरहेको छैन भन्दै ह्यासट्याक लगाइरहेछन् ।

जुन देशको गर्व गर्ने चिज भनेकै प्राकृतिक सुन्दरता थियो, त्यहि देशको राजधानी १५ दिनको अन्तरालमा पटक पटक विश्वकै प्रदूषित सहरमा उक्लिँदा सञ्जाल प्रयोगकर्ता केही हडबडाएका छन् । सञ्जालहरूमा #एअर_पोलुसन, #वेकअप नेपाल गर्भमेन्ट जस्ता ह्यासट्याक प्रयोग भएर सरकारलाई घच्घचाउने काम भैरहेको छ ।

संजालमार्फत नै देशभर दन्किरहेको आगो नियन्त्रण गर्ने र वायु प्रदूषण कम गर्ने उचित नीति बनाउनु पर्ने सरकारलाई सुझाव पोस्टिरहेको छ । जसमध्ये केही यस्ता छन् :-

No description available.
No description available.
No description available.