
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह आज (बिहिबार) भारतको दिल्ली प्रस्थान गर्दै छन् ।
हरिद्वार जारी महाकुम्भ मेलामा सहभागी हुन आज शाह दम्पती भारतको दिल्ली प्रस्थान गर्दैछन्। नेपाल वायु सेवा निगमको विमानबाट दिल्ली हुँदै पूर्वराजपरिवार दम्पती हरिद्वार जान लागेको हो।
चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला आयोजककातर्फबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै पूर्वराज परिवार दम्पती त्यसतर्फ जान लागेका हुन्।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्