काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले सरकारको विरोध गर्नेहरुको प्रतिवाद गरेकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सरकारले विकासका काम गरिरहेको उल्लेख गरिन् ।

‘सरकार विकास गर्छ जनतालाई खुसी दिन्छ र हसाउँछ तर विकास विरोधीहरुको जमातले जनताको खुसी हराउँछ । विकासप्रेमीहरु अहिले खुसी भइरहेका छन् ।’ उनले भनिन ।