
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिकर्मी र व्यापारीलाई इमानमा हिँड्न आग्रह गरेका छन् ।
राजनीति जब जनताको हितबाट विचलित हुन्छ, तब देश अगाडि बढ्न नसक्ने भन्दै उनले सत्यको मार्ग, निस्वार्थताको मार्गमा हिँड्न सक्नुपर्ने बताए । “व्यापारीलाई इमानमा हिँड्न गाह्रो छ । देशको विकास गर्न राजनीति, व्यापारी इमानमा हिँडौँ,” बिहीबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभामा उनले भने ।
धेरै बिग्रिएको देशलाई ट्रयाकमा ल्याउन केही समय लाग्ने भन्दै उनले मुलुक समृद्धिको बाटोमा रहेको जिकिर गरे । ७० वर्षमा देशमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको अभियानमा रहेको बताए ।
सरकारले एउटा क्षेत्रको विकासमा मात्रै ध्यान नदिएको, हरेक क्षेत्रको विकासमा ध्यान दिइएको उनले दाबी गरे ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्