काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकासहित देशभरको वातावरण प्रदुषित बनिरहेको छ ।

यस्तो अवस्थामा सर्वसाधारणहरु निर्धक्कका साथ घर बाहिर निस्किन सकेका छैनन् । त्यति मात्रै होइन कतिपयमा त आँखा पोल्ने समस्या पनि देखिन थालेको छ ।

सोही विषयलाई लिएर बिहीबार माइतीघर मण्डलामा ‘सरकार सास फेर्न दे’ भन्दै प्रदर्शन भएको छ ।