
अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् । देशको उत्तरी कुन्दुज प्रान्तमा पर्ने इमाम साहिब जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरुको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता इनामुद्धिन रहमानीले बिहीबार जानकारी दिनुभयो । “इमाम सहिब जिल्लामा भएको घटनामा परी कुल २० तालिबान लडाकूहरु मारिएका छन्,” उहाँले सिन्ह्वासँग भन्नुभयो ।
घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्