काठमाडौं । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरू छन्।

सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।