काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका ४ मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् ।

सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दल त्याग गरेको भनी माओवादीले पठाएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकमा पेश गरेपछि चारै जनाको पद रिक्त भएको हो । रायमाझी अर्घाखाँची, भट्ट कैलाली ४, चौधरी कैलाली ३ र साह रौतहट ३ बाट निर्वाचित भएका थिए ।

यी चारवटै क्षेत्र रिक्त भएको जानकारी संसद् सचिवालयले निर्वाचन आयोगलाई छिट्टै पठाउने संसद सचिवालयले जनाएको छ । प्रत्यक्ष निर्वाचित सांसदहरूको पद रिक्त भएको अवस्थामा उपनिर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

थप:

माओवादीका ४ सांसद पदमुक्त

नेकपा माओवादी केन्द्रका तर्फबाट कारबाहीमा परेका उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु शाह, श्रममन्त्री गौरीशंकर चौधरी र ऊर्जामन्त्री टोपबहादुर रायमाझी बिहीबारदेखि सांसद पदबाट मुक्त भएका छन्।

माओवादीले संसद सचिवालयमा उनीहरु एमाले प्रवेश गरेका कारण उनीहरुलाई पदमुक्त गर्न पत्र पठाए बमोजिम उनीहरुको पद खोसिएको हो।

सभामुख अग्नि सापकोटाले यी चार सांसद पदमुक्त भएको जानकारी संसदमा बिहीबार गराएका हुन्।