काठमाडौं । सुर्खेतको पश्चिम बराहताल गाउँपालिका–२ सिस्नेरीमा आगलागी हुदाँ नौँ घर जलेर खरानी भएको छ।

वनमा लागेको आगो बस्तीभित्र पस्दा खर तथा फुसका छाना भएका नौ घर खरानी बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनायो। ‘बस्तीको नजिकै रहेको सामुदायिक वन रहेछ, त्यही वनमा लागेको आगो बस्तीभित्र छिर्दा घर जल्न पुगेका हुन्,’ कार्यालयका डिएसपी रामप्रसाद घर्तीले भने।

आगलागी भएको सूचना पाउनेवित्तिकै सुरक्षाकर्मी खटाईएको र स्थानीयवासी र सुरक्षाकर्मीलगाएतले करिव डेढ घण्टापछि नियन्त्रणमा लिएको घर्तीले बताए।

आगलागी बाट के कति क्षति भए? विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त बस्तीमा १८ घर रहेकोमा मध्ये नौ घर जलेको हो। यद्यपि मानवीय क्षति भएको छैन।