महोत्तरी । शिक्षाका गुरु शिक्षक हुन्छ तर आजकाल शिक्षकहरू माथि नै हातपात हुने गरेको घटना सुन्दा अहिलेको समाज कता तिर गइरहेको छ भन्ने भान हुन्छ। यो घटना महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा न.५ श्री त्रिभुन माध्यमिक विद्यालय 0 -१२ गौशालाको हो ।

बिहीबार कक्षा १२ का विद्यार्थीलाई समय भित्र कक्षा कोठामा प्रवेश गराउने तथा अनुशासन कायम गराउने उद्देश्यले ढिला आएका विद्यार्थीलाई सामान्य कारबाही गर्दा अभिवाक राजेश कुमार महतो र उमाकान्त महतोले कार्यालय भित्र प्रवेश गरी जबरजस्ती शिक्षक विनोद महतो लगायत अन्य शिक्षक शिक्षिकालाई हातपात तथा अपशब्द प्रयोग गर्दै अभद्र व्यवहारको शिक्षक विनोद महतो सामाजिक सञ्जाल बाट जानकारी गराएका छन् ।

उक्त घटनाको उचित छानबिन भई दाेषिहरुलाई कारबाही नगरेसम्म विद्यालयको पठन पाठन अनिश्चित कालको लागि बन्द रहने विद्यालय प्रशासनले जनाएको छ र न्यायका लागि वडा न ५ को कार्यालयलाई आग्रह गरेका छन्।