काठमाडाैं । काेराेनाभाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्था भौतिक रुपमा सञ्चालन नगर्न सिफारिस गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताए । ‘नयाँ खाले युके भेरियन्टको असर युवाहरुमा देखियो । हामीले पठनपाठन भर्चुअल माध्यमबाट गरौं भनेर विद्यालयहरु बन्द गर्न सिफारिस गरेका छौं । वालवालिकाहरुलाई कुनै जोखिम नहोस भन्नेमा सरकार गम्भीर छ ।’ मन्त्री त्रिपाठीले भने।

मन्त्री त्रिपाठीले स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने बताएका छन् । विद्यालयमात्र होइन सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न सिफारिस गरिएको उनले बताए ।