जनकपुरधाम। प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा डा. सिके राउत जनमत पार्टीको महाधिवेशनको भव्य तयारी थालिएको छ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले यही महिनाको २८ गते हुन गइरहेको महाधिवेशनको तयारी भव्यताका साथ गरिरहेको विदेश विभाग प्रमुख ई. वसन्त कुश्वाहाले बताएका छन्। जनकपुर मिडिया हाउसका पत्रकार शम्भु पण्डितसँग कुराकानी गर्दै पार्टीका संस्थापक सदस्य समेत रहेको विदेश विभाग प्रमुख ई. कुश्वाहाले आफूहरू महाधिवेशनको भव्य तयारीमा रहेको बताए ।

महाधिवेशनमा देश विदेशबाट ५ हजार प्रतिनिधि सहभागी जनाइनुका साथै २५ हजार स्वयमसेवकहरु सहभागी जनाइनेछ । महाधिवेशन धनुषा जिल्लाको जनकपुर स्थित बाह्रबिघामा हुनेछ ।

महाधिवेशनकै लागि पार्टीले हल्सम्म ११ सय वडाहरूमा प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न गरिसकेको र १५ गते सम्ममा १५ सय तथा महाधिवेशन अघि ३ हजार वडाहरूमा प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताएका छन् ।