काठमाडौँ। साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य तोलामै ९ सयले बढेर ८९ हजार ९ सय पुगेको छ। बिहीबार सुन प्रतितोला ८९ हजार रुपैयाँमा कायम थियो।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।