
काठमाण्डाै। उत्तर कोरियाका नेता किम जोङ्ग–उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो संकट सामनाका लागि तयार रहन आग्रह गरेका छन् ।
नेता किमले आउँदै गरेको अवस्थालाई सन् १९९० दशकको गम्भीर भोकमरीसँग तुलना गरेका हुन् । उत्तर कोरियाले कोरोना भाइरसको महामारीका कारण आफ्ना सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको व्यापार तथा आयात निर्यात ठप्प प्राय छ ।
चीनसँगको आर्थिक गतिविधि उत्तर कोरियाका लागि ‘लाइफ लाइन’ मानिन्छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय रुपमा आर्थिक प्रतिबन्ध लागेका कारण पनि अवस्था थप सङ्कटपूर्ण बनेको हो । मानव अधिकारवादी संस्थाले उत्तर कोरियामा गम्भीर खाद्य सङ्कट तथा आर्थिक अस्थिरता आउन सक्ने चेतावनी दिएको छ ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्