काठमाडौं । पार्टीले सांसदबाट हटाएपछि मन्त्रि पदमुक्त भएका चार जना पूर्व माओवादी नेतालाई जिम्मेवारीमा कायम रहन शुक्रबार पुन सपथ खुवाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा पुन नियुक्त गरेका ती चारै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७८ (१) अनुसार शपथ ग्रहण गराएकी हुन्।

सपथ गराइएका मन्त्रिहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरी छन्।

थप:

राष्ट्रपतिले गरिन पदमुक्त मन्त्रीहरुको पुनर्नियुक्ति, आजै शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना मन्त्रीहरूलाई पुनर्नियुक्ति गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकासमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशङ्कर चौधरीलाई पुनर्नियुक्ति गरेकी हुन् ।

उनीहरूलाई आजै साँझ ५ बजे शपथ गराउने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । माओवादी केन्द्र परित्याग गरेका रायमाझी, साह, चौधरी र भट्टलाई केहीदिनअघि पार्टीले दल त्यागको सूचना संसद् सचिवालयमा पठाएको थियो ।

उनीहरूलाई राष्ट्रपति भण्डारीले धारा ७८ (१) अनुसार मन्त्री पदमा पुनः शपथ गराउन लागेकी हुन् । चारैजना यसअघि सम्बन्धित मन्त्रालयका मन्त्री थिए । संविधानमा सांसद पदमा बहाल नरहे पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ । यसअघि अर्थमन्त्री युवराज खतिवडाले सोही प्रावधानअन्तर्गत पुनर्नियुक्ति पाएका थिए ।