जनकपुरधाम । प्रदेश नम्बर २ का अस्थाई राजधानी जनकपुरधामबाट हिजो राति घरबाटै एक मोटरसाइकल चोरी भएको छ ।

बिहिवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बिहार कुण्डमा घर भएको महासंकर ठाकुरको पल्सर मोटरसाइकल चोरी भएको हो ।

महासंकर ठाकुरको नाममा रहेको सो मोटरसाइकलको स्थायी नम्बर ज १० प २६७० रहेको छ । कालो रातो मिक्स भएको रंगको १५० सिसिको मोटरसाइकल ठाकुर खरिद गरेका थिए ।

प्रहरीको फितलो शुरक्षा व्यवस्थाकै कारणले यता केहि दिनदेखी जनकपुरधाममा मोटरसाइकल चोरको बिगबिगी बढेको छ ।