काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।

कांग्रेस सभापति देउवाले बोलाएको बैठकमा सहभागी हुन माओवादीबाट अध्यक्ष प्रचण्ड तथा नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बुढानीलकण्ठ पुगेका हुन् ।

जसपा नेताहरू नपुग्दा बैठक शुरू हुन ढिलाइ भएको छ । भावी सत्ता समीकरणबारे छलफल गर्न देउवाले कांग्रेस, माओवादी र जसपाको बैठक बोलाएका हुन् ।