काठमाडौँ। ट्वीटरको नयाँ फिचर अन्तर्गत अब लाइभ कुराकानी गर्न मिल्ने भएको छ । @TwitterSpaces नामक ट्वीटर खाताबाट जोडिएर अब ट्वीटर प्रयोगकर्ताहरूले ट्वीटरमै प्रत्यक्ष कुराकानी गर्न सक्ने ट्वीटरले जनाएको छ । आफ्नो अफिसियल ट्वीटर खातामा जनाउँदै ट्वीटरले सो जानकारी दिएको हो ।

@TwitterSpaces मा यसबारे भनिएको छ, ‘हामी हाल ट्वीटरमा कुरा गर्न मिल्ने गरी ‘स्पेस’ बनाउँदैछौँ । यसको तयारी सकेर हामीले परीक्षण गर्दैछाैँ । तयारी अन्तिम चरणमा पुगेको छ ।’ ‘स्पेस’ सुरु भएसँगै मानिससँग प्रत्यक्ष कुराकानी गरेर ट्वीटरले हार्दिकता बढाउन सहयोग पुग्ने दाबी ट्वीटरले गरेको छ ।