एजेन्सी । कोरोना भ्याक्सिनको पहिलो डोज लगाईसकेका बलिउड अभिनेता सोनू सूढलाई कोरोना पोजेटिभ देखिएको छ । अभिनेताले यो जानकारी आफ्नो सामाजिक मिडिया मार्फत फ्यानहरूलाई दिएका छन्। सोनु सुढले संजालमा आँफुलाई कोरोना पोजेटिभ भएपनि मुड भने सुपर पोजेटिभ भएको उल्लेख गर्दै कोरोना भएको पुष्टि गरेका हुन् ।

उनी हाल क्वारेन्टाइनमा रहेका छन् भने उनको स्वास्थ्यमा अन्य कुनै लक्षणहरु नदेखिएको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

सोनु सूढ कोरोनाको महामारी भारतमा फैलिएसंगै लकडाउनमा आपतमा परेका व्यक्तिहरुको मद्धत गर्दै आएका छन् । कोरोनाका केसहरू कम भएका बेला सूढले घर फर्केका तर काम नभएका आप्रवासी मजदुरहरूलाई सहयोग गरेर चर्चामा आएका थिए । उनी अझै पनि भारतमा कोरोनाको कारण विचल्लीमा परेका मजदुरहरुका लागी सक्रियताका साथ काम गर्दै आएकाछन् । तर उनलाई आजै मात्रै \ कोरोना पोजेटिभ देखिएको छ ।