काठमाडौं । नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने लगाएको आरोपमा माधव नेपाल ८ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

‘फ्लोर क्रस’ सांसद र गराउन भुमिका निभाउने अन्य नेताहरुलाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले बताए ।

घनश्याम भुसाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायतका शिर्ष नेतालाई अन्तिम चेतावनीपूर्वक स्पष्टीकरण सोध्ने निर्णय बैठकको रहेको छ । जवाफ चित्तबुझ्दो नआएमा ती नेताहरुलाई कारवाहि गरिने भएको छ ।

यसअघि २० जना हुन गएकोमा सच्याइएको छ ।