बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाँच घण्टामै मन्त्रिमण्डल हेरफेर भएको छ । मुख्यमन्त्री पोखरेलले आफुविरुछको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनसहित जनता समाजवादी पार्टी (जसपा)का चार सांसदलाई मन्त्री पदमा नियुक्त गरेका छन् ।

मन्त्रिमण्डलमा थपिएका जसपाका चार सांसद विजयकुमार यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका छन्।

आजै सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले मन्त्री पदबाट राजीनामा दिएका थिए।