काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जुनसुकै बेला पनि निर्वाचन हुन सक्ने बताएका छन् । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा अध्यक्ष ओलीका राजनीतिक प्रतिवेदन दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पास गरेको छ ।

प्रवक्ता ज्ञवालीले ओली सरकारले प्रतिकूलताका बाबजुद तीन वर्षमा देशका लागी महत्त्वपूर्ण कामहरु गरेको प्रतवेदनमा दावी गरिएको छ । बैठकका निर्णय सुनाउँदै प्रवक्ता ज्ञवालीले भने ‘तेस्रामा कुनै पनि बेला निर्वाचनमा जानु पर्ने हुन्छ, त्यसैले तम्तयार हुन पार्टी पङ्तीलाई आग्रह छ ।’