काठमाडौँ । कुनै एक जमाना थियो – जुन बेला स्कुलबाट आउने बित्तिकै झोला फुत्त फालेर साथीको घरमा गुच्चा, डण्डिबियो खेल्न कुदिन्थ्यो । एक जमाना यस्तो पनि थियो जहाँ स्कुल जानुभन्दा अगाडि आमाले बनाएको कालो गाँजल र त्यसमाथि दुई ओटा माछिकट्टि चुल्ठो नबाँधिदिएसम्म स्कुल जान मन लाग्थेन । बारीका डिल डिलमा कुद्दै धुसा्रेफुसा्रे भएका क्षण होस् या अम्बा, आरु, सुन्तला चोर्ने गएका पल । अथवा भनौँ दसैँमा आमाले किन्दिएको नयाँ लुगाका रूपमा स्कुलको ड्रेस पाउँदाको खुसी होस् वा एक रुपैंया बाटोमा भेट्टाउँदाको जबरजस्त हाँसो ती प्राय मिठै हुन्थे । सर मिसहरूले गर्ने गाली देखी हजुरबा, हजुरमाले दिने ताली सम्म मन पर्थे । तर हिजोआज त्यस्तो छैन किनकि हामी ठुला भैसकेका छौँ । 

यो थियो सन् २००० सम्म जन्म लिने बालबालिकाको बाल्यकाल । जसलाई स्वर्ण बाल्यकाल पनि भन्न सकिन्छ । किनभने त्यो बेला  जति नै धनीका घरमा पनि ल्यापटप, मोबाइल र इन्टरनेट थिएन । सहरी बस्ती थिएन । चौतर्फि  हरियाली थियो । बालबालिकाहरू मोबाइलका गेममा भन्दा पनि बढी साथीहरूसँग खेल्न रुचाउँथे । फेसबुक थिएन, त्यसैले चिठीमै आफ्ना मनका भावनाहरू पोख्ते ।  मेला होस् या चाडपर्व, बालबालिका हुन् या बुढाबुढी सबै सँगै भेटिन्थे । तर अब त्यसको ठिक उल्टो छ । मानिसहरू सम्बन्धलाई भन्दा बढी काम र पैसालाई ध्यान दिन थालेका छन् । अहिलेका बालबालिकाको स्वभाव बिलकुल फरक छ । उनीहरू इन्टरनेट र  सामाजिक सञ्जालको दुनियाँमा रमाइरहेका छन् । 

त्यसैले सामाजिक सञ्जालहरूमा पनि चर्चा चल्ने गर्छ, सन् २००० भन्दा अगाडि जन्म लिने साह्रै भाग्यमानी । किनकि त्यो बेला जिन्दगी जिउनुको मज्जा बेग्लै थियो । अहिले पनि नभएको भने होइन तर अहिले त्यो बेलाको जस्तो गाउँ डुलेर उतै अघाएर घर फर्किन पाइदैंन । साथीहरू जम्मा गरेर घाँस दाउरा गर्ने पाइदैंन । 

यसै सन्दर्भमा साना बेला हामीले खाने, गर्ने गरेका केहि तस्बिरहरू नियालौँ । 

Nepali game RUMAL CHOR - YouTube
What is it like to be a teen in Nepal? - Quora
The beauty of time - The Himalayan Times - Nepal's No.1 English Daily  Newspaper | Nepal News, Latest Politics, Business, World, Sports,  Entertainment, Travel, Life Style News
10 Nepalese childhood games that needs a comeback
Memories we�ve made to last us a lifetime
r/Nepal - Im gona make my kids watch Hamro Moomin every week on Saturday for the culture
If You Grew Up In The 90s Nepal, This List Will Send You Back To Your  Childhood - Nepally
Where to buy beads & jewellery in Kathmandu
Local style: Nepali glass beads jewelry
Reminiscing About Childhood Works like a Balm for the Wounded Soul" -  SheThePeople TV
Facebook
Forced to be a Father: Child Grooms of Nepal - Her View From Home
Pin by Chandni🌙🌙 on Unforgettable Precious Childhood Memories❤️ |  Childhood games, Village games, Kids memories
Uniqueness and Individuality - Gadher young on the move ! | GADHER PARIVAR  www.gadher.org
Games 80-90's Nepali Kids played as Child! - YouTube
Remembrance of Things Past | Features | ECSNEPAL - The Nepali Way