काठमाडौँ । विश्वभर कोरोनाको दोस्रो लहरले दस्तक दिएको छ । कोरोनाको भ्याक्सिन विश्वका सयौँ सङ्क्रमित देशहरूमा पुगिसकेको भए पनि कोरोनाले रोक्ने नाम लिइरहेको छैन । हिजो भन्दा आज सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टाको डाटालाई हेर्दा मात्रै पनि विश्वभर साढे ६ लाख भन्दा बढी मानिसहरू कोरोनाको नयाँ र पुरानो भेरियन्टबाट सङ्क्रमित भएका छन् । भने ९ हजार बढीको मृत्यु भएको छ । 

कोरोनाको पहिलो भेरियन्ट भन्दा नयाँ भेरियन्टहरु बढी खतरनाक र चाँडो फैलने मात्रै नभई यसले बालबालिकालाई समेत सङ्क्रमित गर्ने विश्वभरका विज्ञहरूले चेतावनी दिइरहेका छन् । विशेषगरि भारतमा पछिल्लो केहि दिनहरूमा कोरोनाको रफ्तार बढी रहेको छ । सोमबार मात्रै त्यहाँ साढे दुई लाख भन्दा बढीमा कोरोना सङ्क्रमण हुनेहरू थपिएका छन् । त्यस लगत्तै टर्की, अमेरिका र ब्राजिलमा पनि संक्रमितहरुको हालत उस्तै छ । 

भारतमा मात्रै केहि दिन देखी टर्की र अमेरिका भन्दा पाँच गुणा र ब्राजिल भन्दा सात गुणा बढी सङ्क्रमित  थपिएका छन् । 

नयाँ भेरियन्टबाट खतरा 

कोभिड १९ को एक नयाँ संस्करण भारतमा फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो गत वर्ष फेला परेको भाइरस  भन्दा बढी घातक र बढी सङ्क्रामक छ । भारतमा कोरोनाको नयाँ भेरियन्टका सङ्क्रमित थप हुँदै जाँदा त्यहाँको स्वास्थ्य प्रणालीले थेग्न सकिरहेको छैन । पहिले वर्षको तुलनामा यो वर्ष साना बालबालिकाहरूको अस्पतालमा भर्ती हुने नम्बरमा पनि वृद्धि हुँदै गएको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।

दुनियाँमा कोरोना

हालसम्म विश्वमा कोरोनाबाट १४ करोड २६ लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन्। जसमा ३० लाख ४३ हजारको मृत्यु भएको छ । विश्वभर एक करोड भन्दा बढी सक्रिय सङ्क्रमित अझै छन् र थपिने क्रम पनि जारी छ । 

डाटालाई हेरौँ विश्वमा सबैभन्दा बढी कोरोनाले प्रभाव पारेका देशहरू 

देशसंक्रमितमृत्यु ठीक हुने
अमेरिका32,475,043581,54225,043,463
भारत15,314,714180,55013,103,220
ब्राजील13,977,713375,04912,460,712
फ्रान्स5,296,222101,1804,150,842
रूस4,710,690105,9284,333,598
युके 4,390,783127,2744,156,135
टर्की 4,323,59636,2673,736,537
इटा ली3,878,994117,2433,268,262
स्पेन3,428,35477,1023,144,353
जर्मनी3,164,44780,7742,787,200