मानिसहरूले सुखी, खुसी हुन् उन्नति प्रगति गर्नलाई तल्लो स्तरको जीवमा पनि केहि राम्रा गुणहरू छन् भने तिनलाई सिक्नुपर्छ।

जस्तै सिंहबाट एउटा,बकुल्ला बाट एउटा, कुखुरा बाट चार वटा, काग बाट पाँच वटा, कुकुरबाट छ वटा र गधा बाट तीन वटा गुण सिक्नुपर्छ ।
१. काम सानो होस् वा ठुलो त्यसलाई हर तवरले गर्नुपर्छ, यसलाई सिंहको एक गुण सिक्नु भनिन्छ।सिंहले कुनै पनि काम सानो होस या ठुलो त्यसलाई पुरै शक्ति लगाएर गर्छ यही एउटा गुण मनुष्यले सिंहबाट सिक्नुपर्छ अर्थात् मनुष्यले कुनै पनि कामलाई सानोठूलो नभनी गर्नुपर्छ।

२. विद्वान पुरुषले इन्द्रियलाई वशमा राखेर देश, काल र बललाई राम्ररी बुझी बकुल्लाले झैँ सबै कार्यलाई एकाग्र भएर पूरा गर्नुपर्छ।बकुल्लाले पुरै एकाग्र भएर माछा समाउने गर्छ। उसको पुरै ध्यान माछा तिर हुन्छ। मौका पाउने बित्तिकै झम्टेर पक्रन्छ। यही गुण मनुष्यले बकुल्ला बाट सिक्नु पर्छ।अर्थात् देश, काल ,समय र आफ्नो शक्तिलाई राम्रोसँग बुझेर गरिरहेको कामलाई एकाग्र भएर पूरा गर्नुपर्छ।

३. ठिक समयमा उठ्ने,लडाइँमा तयार रहने,आफ्ना सम्बन्धीलाई उनीहरूको भाग दिने र आफूचाहिँ आक्रमण गरी खाने यी चार गुण कुखुरा बाट सिक्नुपर्छ।कुखुरा सधैँ बिहानै बिउँझिन्छ । कैयौँ मानिसले भाले बासे पछि बिहान भएको थाहा पाउँछन् । युद्ध (सङ्घर्षका ) लागि सधैं तयार रहने। कुखुराले निर्बल माथि आक्रमण गरेर खानेकुरा खोस्छ र भाग लगाएर खान्छ। यी चार गुण कुखुरा बाट सिक्नुपर्छ।

४. लुकेर मैथुन गर्ने, सजग रहने, बेलाबेलामा सङ्ग्रह गरिरहने र कसैमाथि विश्वास नगर्ने यी पाँच गुण ९ कुरा ० कागबाट सिक्नु उचित हुन्छ।कागले मैथुन गर्दा कहिले पनि देख्ने गरेर गर्दैन हामीले कुखुरा , ढुकुर आदि पंक्षिले मैथुन गरेको देख्न सक्छौँ तर कागले मैथुन गरेको देखिँदैन। सधैँ सजग र चलाख रहने सधैँ जागरूक हुने भएकाले नै कागलाई चलाख पंक्षी भन्ने गरिन्छ। कागले खानेकुरा आफ्नो गुँडमा लगेर जम्मा ९सङ्ग्रह० गर्छ र आवश्यक पर्दा त्यसको प्रयोग गर्छ।एउटा कागलाई समस्या पर्‍यो भने उसले कराएर अन्य कागलाई पनि बोलाउँछ र आक्रमण गर्छ त्यसैले कसैमाथि पनि विश्वास नगर्ने। यी पाँच गुण कागबाट सिक्न सक्नुपर्छ।

५. धेरै खान सक्ने शक्ति भएता पनि अलिकतिमै सन्तुष्ट,हुने मस्त निन्द्रामा हुँदा पनि तुरुन्तै उठिहाले, आफ्ना मालिकमाथिको भक्ति र सुरोपना यी छ गुण कुकुरबाट सिक्नुपर्छ।कुकुरले धेरै खान सक्छ तर जति दियो त्यसैमा सन्तुष्ट हुने गर्छ। कुकुरको निन्द्रा पनि अत्यन्तै पातलो हुन्छ। मस्त निन्द्रामा हुँदा पनि अलिकति आवाजमै बिउँझिन्छ। कुकुरलाई इमानदार प्राणी पनि मानिन्छ । मालिकको ठुलो भक्त हो कुकुर। त्यसैले धेरै ठाउँमा घरको रक्षाका लागि पाल्ने गरेको पाइन्छ। कुकुर निडर पनि हुन्छ । आवश्यक पर्दा सूरो भएर लड्ने उसको स्वभाव हुन्छ। यी छवटा गुण कुकुर बाट सिक्न सकिन्छ।

६. असाध्यै थाके तापनि भारी बोक्दै जाने,जाडो र गर्मी माथि ध्यान नदिने, सधैँ सन्तुष्ट भएर हिँड्ने यी तीन कुरा गधा बाट सिक्नुपर्छ।गधाले दिनभर भारी बोकेर पनि थाकेँ भन्दैन। अर्थात् थाकेको अवस्थामा पनि इमानदारीपूर्वक भारी बोकी रहन्छ। जाडो र गर्मी केहिपनि नभनी काम गर्छ। सधैँ सन्तुष्ट अवस्थामा देखिन्छ।मनुष्यले पनि फलको आशा नराखी सधैँ सन्तुष्ट भएर कर्म गरिरहनुपर्छ।

माथि उल्लेखित बीसवटा गुण धारण गर्ने मानिसले जस्तोसुकै समस्यामा पनि सङ्घर्ष गर्न सक्छ। सबै काममा सफलता प्राप्त गर्न सक्छ। सधैँ विजयी बनेर रहन सक्छ।