काठमाडौं । लगातार ओरालो लाग्दै गएको सेयर बजार साताको अन्तिम कारोबार दिन आज भने झण्डै १६ अंकले उकालो लागेको छ । आजको दीन नेप्से परिसूचक १५.८० अंक बढेर २६४८.०१ विन्दुमा पुगेको छ।

त्यस्तै, नेप्से परिसुचक दोहोरो अंकले बढेपनि कारोबार रकम भने अझै ओरालोकै स्थितिमा छ । यस दिन २१४ कम्पनीको ७५ हजार १०८ पटकको कारोबारमा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ३० लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।