काठमाडौं । नेकपा एमालेबाट निलम्बनमा परेका नेता माधवकुमार नेपालपक्षका नेपाल सहित चार नेताले आफूहरूलगायत २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालतका अनुसार रिटको सुनुवाइका लागि पेसी आइतबारलाई तोकिएको छ ।

माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावलले संयुक्त पेस गरेको रिटमा निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु नगराउनु भन्ने परमादेश आयोगका नाममा समेत जारी हुनुपर्ने समेत माग गरिएको छ ।