काठमाडौं । नेपालले त्रिकोणात्मक टि ट्वान्टी आईमा अन्तिम खेलमा मलेसियालाई ६९ रनले हराएको छ । करण केसीको आक्रामक ब्याटिङ र सोमपाल कामी र सन्दीप लामिछानेको ३ विकेटपछि सहज रुपमा नेपालले मलेसियालाई हराएको हो ।

सोमपाल कामी, टि ट्वान्टी आईमा एक सयौं खेल खेलेका सन्दीप लामिछाने र टि ट्वान्टी आईमा डेब्यू गरेका कमल सिंह ऐरी २ विकेट र सुसन भारीले १ लिएको खेलमा नेपालले मेलेसियालाई १९.१ ओभरमा १ सय ४८ रनमा अलआउट गराएको थियो । मलेसियाका लागि एमिउद्दिन रामलेले सर्वाधिक ४१ रन बनाएका थिए ।

नेपाल यसअघि नै फाइनल पुगिसकेको छ भने मेलेसिया सिरिजबाट बाहिरिसकेको छ । नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ३ खेलमा १ अंक छ । नेपालले यहि सिरिजको पहिलो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो ।