काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेट खासै प्रगतिमुलक नभएको प्रतिक्रिया दिएका छन् । नागपोखरिस्थित होटल मेरियटमा भेटेको दोश्रो भेटमा पनि शिर्षनेताहरुको भेट खासै उपलब्धिपुर्वक नभएको नेता नेपालको भनाई पछि पुष्ट भएको छ ।

उनले भेटवार्ता सकिएपछि बाहिरिदैं भने ‘ म बोल्दिन, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’ नेता नेपाल र प्रधानमन्त्री ओलीबिच हिजो पनि सोहि होटलमा वान टु वान वार्ता भएको थियो ।