काठमाडौं । कोरोना संक्रमित हुनेको सङ्ख्या दिनदिनै बढ्दै गैरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २४ सय २८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ।

योसंगै हाल देशभर १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित पुगेका छन् । भने आज देशभर १० हजार १ पीसीआर परीक्षण गर्दा २३ सय ६५ जना र ४ सय ४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मात्रै थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ।

उपत्यकामा मात्रै १ हजार ७ सय ७४

साथै आज काठमाडौँ उपत्यकामा १ हजार ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका हुन् ।

देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने २५२ जना डिस्चार्ज भएका छन् ।