काठमाडौं । राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि आगामी जेठ ६ गते उप निर्वाचन हुने भएको छ। तत्कालीन माओवादी केन्द्रबाट बागमती प्रदेश अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि उनको पद रिक्त भएको थियो। रिक्त पदमा ३५ दिन भित्र निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार जेठ ६ मा चुनाव हुने भएको निर्वाचन आयोगले जनाएको छ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि पद खाली भएको थियो ।