काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट यूके भेरियन्टको पुष्ठभुमिलाई लिएर एक डरलाग्दो रिपोर्ट प्रस्तुत गरेका छन् । अर्थ समितिले बिहीबार स्वास्थ्य मन्त्रालयसँग गरेको पूर्वबजेट छलफलमा बोल्दै सचिव लक्ष्मण अर्यालले कोरोनाको नयाँ भेरियन्ट सोचेभन्दा बढी खतरनाक भएको उल्लेख गरेका छन् ।

उनले कोरोना संक्रमितहरु निकै गम्भिर अवस्थामा पुगेपछि मात्रै अस्पताल आउने गरेको रेकर्ड सुनाउँदै भने “टेकु, पाटन अस्पतालको आंकडा हेर्दा पहिलो दिन उनिहरु जनरल बेडमा , दोस्रो दिनअक्सिजनमा , तेस्रोमा आइसियु, चौथोमा भेन्टिलेटर र त्यसपछि एक दुई दिन भित्र मुत्युको अवस्था पुगिरहेका छन् । यति छिटो संक्रमण बढिराखेको छ ।”

योसंगै सचिव अर्यालले यूके भेरियन्टको संक्रमण दर उच्च रहेको र नेपालमा युके भेरियन्ट देखा परेका कारण तीन महिनामा संक्रमण दर तव्रि हुने समेत डाटा प्रस्तुत गरे । उनले यस्तो डाटा देखाउँदै भने, ‘३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई आइसियुको आवश्यक पर्ने सक्ने छ ।’

युके भेरियन्टको संक्रमित भएको एक व्यक्तिले ४० देखि ७० जना सम्मलाई सार्न सक्दछ ।