एजेन्सी । भारतमा दिनहुँ कोरोनाको संक्रमितदर भयावह बन्दै गैरहको छ । पछिल्लो विश्वमा मात्रै विश्वमै हालसम्मकै धेरै एकै दिनमा ३ लाख ५४ हजार बढीमा कोरोना देखिएको छ । भने २८ सय भन्दा बढीको मृत्यु हुँदै गैरहेको छ ।

कोरोनाको संक्रमणको उच्च चापमा परेका भारतका दिल्ली, महाराष्ट्र, उत्तर प्रदेश जस्ता ठाँउमा अक्सिजन, आइसियु लगायत कम भई मानिसहिरुले ज्यान गुमाइरहेका छन् । दिल्लीसहित धेरै शहरहरुका अस्पतालका अक्सिजनको कमी भएपछि भौंतारिदै गर्दा सडकमै मृत्यु भएको भारथिय संचार माध्यमले लेखेका छन् ।

त्यस्तै त्यहाँ मृत्युदर पनि ह्वात्तै बढेको छ । गम्भीर विरामीको घरमै उपचार गर्नुपर्ने अवस्थाले विरामीको मृत्युदर बढेको छ । आवश्यक औषधि र अक्सिजनको अभाव र कालोबजारीका कारण विरामीहरु नराम्ररी प्रभावित भएका छन् ।

घरमा विरामीहरुको अवस्था गम्भीर बन्दै गएपछि अक्सिजनको खोजीमा परिवारका सदस्यहरु भौतारिने गरेका छन् । अभाव र संकटकै बीच कालोबजारी गर्नेहरुका विरामीहरु थप मारमा पर्ने गरेका छन् ।

सामान्य अवस्थामा बजारमा ६ हजार मूल्य पर्ने अक्सिजन सिलिन्डरलाई ब्लाक मार्केटमा ५० हजार तिरेर किन्नु परेको गुनासो उपभोक्ताहरुको छ ।

राजधानी दिल्ली र नजिकको शहर नोयडामा अक्सिजन अक्सिजन नपाइए पनि कालोबजारी गर्नेहरुले बढी मूल्य लिएर अक्सिजनको आपूर्ति गर्ने गरेका छन् ।