काठमाडौं । नेपालमा पहिलेको वर्ष यहि समयमा लकडाउन भैसकेको थियो भने फाट्टफुटटलाइ मात्रै कोराना संक्रमण हुन्थ्यो । करिव ६ महिना लामो लकडाउन र निषेद्याज्ञाले मंसिरसम्म आउँदा लगभग कोरोनो साम्य भैसकेको थियो । सबै क्षेत्रका मानिसहरु पुन आफ्ना काममा फर्किएका थिए । अस्पतालहरुलाई पनि बिरामीको चाप बढेको अवस्था थिएन । तर यो चैतको पहिलो सातातिर आइपुग्दा सबै बदलियो । फेरि संक्रमणदर बढ्न थाले । र अब त देशमा कोरोनाको महासंकट नै आइआग्न खोज्दै छ ।

देशका अस्पतालहरुमा कोरोनाका गम्भिर कोरोना बिरामीलाई राख्न समेत बेड, भेन्टिलेटर, आइसियु पुगेको अवस्था छैन । दिनदिनै तीन हजार ३५ सय को हाराहारीमा कोरोना पोजेटिभ भेटिन थालेका छन् भने दैनिक १५ जना भन्दा बढीको मृत्यु हुने क्रम जारी छ । हिजो मात्रै २८ जनाको मृत्यु भयो । जसलाई निकै डरलाग्दो तथ्यांक भएको स्वास्थ्यविद्हरु बताउँछन् ।

यो सबै भइँरहदा अझै पनि हामी सडकदेखी रेस्टुरेन्टसम्म सामाजिक दुरि पालना गरेको देखिँदैनौं । सार्वजनिक यातायातहरुमा ठेलमठेल गरेर बस्छौं । सामान्य बाहिर निस्किदाँ समेत मास्क लगाउँदैनौं । सरकारले पालना गर्न लगाएको स्वास्थ्यका मापदण्डहरु कतै पालना गरिएको देखिंदैन ।

यसलाई यसरी पनि बुझ्न सकिन्छ- समूदायमा पहिलैदेखी भएको कोरोना र त्यसमाथि भारतबाट आएको कोरोना पनि मिसिनाले कोरोनाको उत्परिवर्तन रुपहरु बन्दै गएका थिए । त्यसलाई फैलन स्पेस चाहिएको थियो । अर्थात् मानिसको जमघट, लापरवाह चाहिएको थियो जुन हामीले सजिलै दियौं र अझै पनि कोरोनाको यो लहरलाई गम्भिर लिएका छैनौं ।

यसोमा कोरोना नफैलिए के फैलन्छ त ? यसलाई थप व्याख्या गर्दै डा. लुना भट्ट सामाजिक संजालमा लेख्छिन्, “जब पहिलो वेभ पछि जनजिवन सामान्य हुन थाल्यो,सबैले बिर्सिए साबधानी पालन गर्न। भाइरसको बिरुध्द धेरैले प्रतिरोधकातम्क शक्ति बिकसित गरिसकेका थिए। तर,भाइरस को प्रकृती अनुसार ऊ आफ्नो अनुकूलता खोजी रहेको थियो, त्यो मौका हामीले फेरी दियौं। भिड,भेट घाट ,मास्क नलगाउने

त्यस्तै, डाक्टर भट्टले संजाल मार्फत् नै कोरोनाको चेन ब्रेक गर्न सल्लाह दिएकि छिन् ।

उनले भनेकि छिन्, “भाइरस मानिसबाट मानिसमा सर्यो, इम्युनीटी भएको देखेपछि उसमा त्यो छल्न म्युटेसन हुन थाल्यो। यो म्युटेसनले भाइरसलाई हरेक मानिसमा पहिले भन्दा छोटो समयमा सन्क्र्मण गर्न र प्रतिरोधात्मक शक्तिलाई चक्मा दीई फैलिन शुरु गर्यो
नतिजा दोस्रो वेब त्यसैले चेन ब्रेक भन्दा अचुक उपाय अरु हुंदैन।”

यसैमा प्रयोगकर्ताले जनतालाई सुझाएका थप केहि सामाग्री