काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ । नयाँ भेरियन्टको कोरोना भाइरसको त्रास बढेको भन्दै यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि अनलाइन आवेदन बन्द गरेको हो ।

१६ गतेबाट लागु हुनेगरी अनलाइन आवेदन बन्द गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार अब अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली नै बन्द हुनेछ ।