काठमाडौं । गण्डकी प्रदेशमा यतिबेला कोरोना भाइरसको लहर चल्दैछ । तर त्यसको रोकथामका लागी जुट्नु पर्ने सांसद भने सत्तासमीकरण र अविश्वास प्रस्तावको खेलमा लागेका छन् । आज गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेको थियो । तर गण्डकी प्रदेशमा सत्ता समीकरणको निर्णायक शक्ति बनेको राष्ट्रिय जनमोर्चाका सांसद सांसद खिमविक्रम शाही हराएपछि त्यहाँ भाँडभैलो भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र जनमोर्चा मिलेर दर्ता गरको अविश्वास प्रस्तावमाथि निर्णय गर्नुअघि शाही हराएपछि बैठक नै अनिश्चित भएको हो। शाही बेपत्ता भएको भन्दै जनमोर्चाकै सचेतक पियारी थापाले उनको खोजी गर्न माग गर्दै प्रदेश सभा बैठकको कारवाही रोक्न निवेदन दिइन् । उनले निवेदन दिए लगत्तै सभामुख नेत्रराज अधिकारीले एकतर्फी रुपमा सूचना टाँसेर प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरे ।

तर त्यसलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना रिपोर्ट नेगेटिभ भएको सांसदलाई अस्पतालमा बन्दी बनाएर राखीएको भनेर सामाजिक संजालमा पोस्ट्याएका छन् । उनले सम्पर्कविहीन भएका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड(१९ उपचार गर्ने आईसीयूमा रहेको बताएका छन् । भने प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको तर अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना गरेको प्रवक्ता शर्माले संजालमा उल्लेख गरेका छन् ।

यहि सन्दर्भमा उनले पोस्ट्याएको उक्त पोस्टमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै थुप्रै प्रगोगकर्ताले यस्तो हर्कत माथि आलोचना गरेका छन् । तीनैको केहि प्रतिक्रिया नियाल्दा: