काठमाडौं । साताको अन्तिम कारोबार दिन तथा निषेधाज्ञाको पहिलो कारोबार दिन आज सेयर बजारमा हरियाली छाएको छ । यो साता केहि दिन ओरालो लागेको नेप्से परिसूचक आज भने २५.८२ अंकले बढेर २६११.१० अंकमा पुगेको छ ।

त्यस्तै, आजको दिन नेप्सेमा हरियाली छाएपनि कारोबार रकममा भने खडेरी लागेको छ । नेप्सेमा २१७ कम्पनीको ४ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँ बराबरको ९८ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएको सिंगटी हाइड्रो, महिला लघुवित्त र विशालबजार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक भने सामान्य घटेको छ।