काठमाडौं । सरकारले फैलदैँ गएको कोरोनाको चेन ब्रेक गर्ने दुई साता निषेधाज्ञा जारी गरेको आज दोस्रो दिन पुगेको छ । हिजो ९ बिहिवार० देखि दुई साताका लागि लगाइएको मिनि लकडाउनका कारण कयौं मानिसहरु घर थुनिएका छन् । तरपनि वित्तिय संस्थादेखी, प्रेसलगायतका सवारीसाधन भने पास देखाएर सडकमा संचालन छन् ।

तर आजदेखी निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञाको आज दोश्रो दिन थप कडाइ गरिएका चएपनि सडकमा मानिसहरु हिँडिरहेको देखिन्छन् भने बिना पासका सवासिसाधन पनि उत्तिकै चलिरहेको भेटिन्छन् । हिजो यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही छुट दिइएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गर्ने लगाइने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् । यस्तै कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकका ठाउँठाउँमा टोली परिचालन गरी सवारी साधान जाँच थर्न थालिएको र यो क्रम आज थप कडाइका साथ हुने नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए ।