काठमाडौं । नेपालमा दैनिक कोरोना संक्रमित थपिएसंगै अब अत्याधिक प्रभावित जिल्लाहरुको पनि थपनि भएको छ । केहि साता अघि सरकारले १४ जिल्लालाई कोभिड १९ को संक्रमण बढेका कारण अति प्रभावित घोषणा गरेको थियो । अब हाल त्यो सङ्ख्या बढेर २२ मा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल अतिप्रभावित जिल्लाहरु २२ पुगेको हो ।

अतिप्रभावित जिल्लामा यी जिल्ला परेका छन् ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर ।

त्यस्तै, मन्त्रालयले माथि उल्लेख गरिएका जिल्लाहरुमा नजान समेत आग्रह गरेको छ ।