काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५,९१६ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना भाइरसबाट नेपालमा संक्रमित हुनेको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।