काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज थप ३३ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा आज झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।