पूर्वमा मेची पश्चिममा काली उत्तरमा हिमाल
दक्षिण हेर्दा तराईको फाँट रमाइलो नेपाल ।
विश्वमा अग्लो सगरमाथा यहीँ छ हिमाल
यो तपभूमि यो हिम शिखर उपर नेपाल ।।

यी बहुजाति, भाषा र धर्म बोकेका नेपाली
सुसेली हाल्दै रमाइलो गर्दै उकाली ओराली ।
गालामा छरी मोतीका दाना हातमा कोदाली
बिसाई भारी थकाइ मेट्ने भञ्ज्याङ्–चौतारी ।।

हिमाल,पहाड, तराईमा हुने यी भेषभूषामा
नेपालको गौरव लुकेर बस्ने नेपाली पनमा ।
हरिया पहाड,नदी र खोला, छहरा झरना
यिनै हुन् हाम्रो सुन्दर नेपाल आमाका गहना ।।

कस्तुरी मृग घुम्दछन् यहीँ सुगन्ध छरेर
उड्दछन् डाँफे ती नवै रङ फूलमा भरेर ।
यी हात्ती, गैंडा, बाघ र भालु पहरा दिएर
डुल्दछन् यहीँ वैभवशाली दौलत बनेर ।।

घुम्दछन् यहीँ चखेवा, हाँस नदीमा रमाई
उमङ्ग छरी नाच्दछन् मयुुँर पखेटा फिजाई
मूलको पानी शीतल हावा हरियो जङ्गल
पाउँछौँ हामी आमाको काखमा शान्ति र मंगल ।।

यो पुण्य भूमि नेपालआमा माथिको आकास
धर्तीमा बसी चन्द्रलाई छुनेछ हाम्रो सहास ।
छौँ तीन कोटी सन्तान वीर नेपाली बनेर
गदछौँ सेवा नेपालआमा नबस रोएर ।।