दश महिना गर्भको कोठरीबाट फुल आएँ ।
खाने, फाल्ने, रुने सिपहरू सुस्तरी चाल पाएँ ।
बामे सर्ने टुकटुक हिँड्ने रहरले कुत्कुत्यायो ।
तोते बोली फुटेपछि भाषा परिवारले सिकायो ।।

कखगघ पढाउने लेखाउने सिकायो कसले कला ।
मुहान हो शान र विवेकको, धन्य यो पाठशाला ।
गाडी गुड्यो उकालो ओरालो पहाडका कन्दरामा ।
फेरि खोलाबाट पानी चढ्यो रे शिखरमा ।।

औँसीको रात चिर्न बिजुलीको झुल्कियो सेतो सूर्य ।
चरालाई छोड्दै तलतिर, रकेट पुगेछ अन्तरिक्ष ।।
मानिस अब बन्न सक्यो लौ प्रकृतिको प्रतिद्धन्द्धि ।
पहाडलाई धक्का दिन सक्ने सजिलै जीवलाई पारी बन्दी ।।

न्यानो हुँदा पस्ने घरमा हिउँदमा ठन्डा बेँसी ।
चिसो हुँदा चरम गर्मीमा जडान गर्दा एसी ।।
साथी सङ्गी यस्ता कुरा सुनेर बुझिहाल ।
यो प्रलय हुन गएकोमा शिक्षाकै छ , कमाल ।।