काठमाडौं । आज राजधानी लगायतका शहरि जिल्लामा लकडाउन भएको तेस्रो दिन हो । कोरोना रोगका सङक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैशाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा लकडाउन घोषणा गरेको थियो । सोहि घोषणा अनुरुप यहाँका मानिसहरु हाल घरमा थुनिएका छन् । लकडाउनलाई पूर्णरुपमा लागु गराउन प्रहरीले सडकका ठाउँठाउँमा चेक जाँचमा कडाइ गरेको छ ।

दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा, कमलपोखरी, चावहिलमा प्रहरिहरु सडकमा गुड्ने सवारिहरुका पास चेक गरि आउजाउ गर्न दिइरहेका छन् । भने लकडाउन सुरु भएसंगै काठमाडौं शान्त देखीएको छ । सडकमा पहिलेजस्तो मानिसहरुको घुँइचो र सवारिसाधनका हरणका आवाज सुनिदैंनन् । अथवा भन्नुपर्दा राजधानी शान्त बनेको छ । वातावरण पनि केहि मनमोहक देखीएको छ ।

काठमाडौंका सडकमा लकडाउनको तेश्रो दिन देखिएका केही तस्वीरहरु :