काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २४९५ जना संक्रमित थपिएका छन् । काठमाडौँमा १९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १२८७ जना डिस्चार्ज भएका छन् ।

यसैगरी देशभर पछिल्लो २४ घन्टामा १४ हजार ४०३ पीसीआर तथा ५६६ एन्टिजेन परीक्षण भएको छ ।