चलचित्र निर्देशकहरु परिवर्तनमा विश्वास राख्छन् । एकै प्रकारका कुराहरु गरेर जीवनलाई मोनोटोनस हुन दिँदैनन् । त्यसैले त उनिहलाई धेरैले आफ्नो ‘आइडल’ मान्छन् । विशेषगरि युवामाझ अमेरिकातिरका निर्देशकहरु लोकप्रिय । तीनै मध्ये एक हुन् निर्देशक क्यामरुन । विशव चर्चित फिल्म अवतार (२००९) र यो कथाको लेखक र निर्देशक हामीले सोचेभन्दा केहि फरक छन् । यसैसन्दर्भमा आजको सामाजिक संजालको अंशमा प्रस्तु छ अवतारको वर्णन :

अवतार (२००९) एक अमेरिकी चलचित्र हो । काल्पनिक विज्ञानको कथामा आधारित यस चलचित्रका निर्देशक तथा लेखक जेम्स क्यामरुन हुन् । यस चलचित्रमा क्यामरुनको भूमिका सह–उत्पादक तथा सह–सम्पादकको रूपमा पनि रहेको छ । अवतार चलचित्रमा सैम वर्थिङटन, जोय सल्डन, स्टेफल लङ, माइकल रोड्रिगज, जोयल डेभिम मुर्रे, ग्लोभिन रिब्सी र सिगर्नी विभर आदिको मूख्य भूमिका रहेको छ ।

२२औं शताब्दिको मध्यतिरको समयलाई कल्पना गरेर यो चलचित्र तयार गरिएको छ । यस चलचित्रको कथामा मानिसहरु ‘उनोब्टनियम’ नामको बहुमुल्य खनिज उत्खलन गर्नको लागि ‘पान्डोरा’ ग्रहमा जाने प्रयासलाई देखाइएको छ । पान्डोरामा ‘नाभी’ आदिबासीहरूको बसोबास हुन्छ । खनिज खोज्न जाने मानिसहरूलाई त्यहाँका नाभी आदिबासीबाट खतरा भएको हुन्छ । जेनेटिकल इञ्जिनियरिङद्वारा तयार एक नाभिको शरिरलाई पृथ्वीमा रहेको अर्को मानिसको मष्तिस्कले नियन्त्रण गर्ने गरिन्छ । यसरी पान्डोरामा रहेको आदिवासीहरु सँग घुलमिल हुनको लागि उनीहरूकै स्वरुप ९अवतार० मा नाभिको विकास गर्नुसँग नै यस चलचित्रको शिर्षक जोडिएको छ ।

Avatar, 2009 | Top 10 Movies of the Millennium: Avatar, Lord of the Rings |  TIME.com
Is Avatar on Netflix, Hulu or Amazon Prime? - Cinemaholic

अवतारको निर्माणको लागि सन् १९९४ देखि नै जेम्स क्यामरुनले कथा लेखेका थिए । अवतार फिल्म तयार गर्नको लागि आवश्यक प्रविधिको विकास त्यसबेला भइसकेको थिएन भन्छन् निर्देशक क्यामरुन । चलचित्रको मूल मर्म तथा कथा वस्तु प्रस्तुत गर्ने प्रविधि अभाव भएपछि धकेलिएको अवतारको ठोस निर्माण कार्य सन् २००५ को हिउँददेखि मात्र सुरु भयो । चलचित्रमा आवश्यक स्क्रिनप्ले र काल्पनीक संसारका लागि तयारी २००६ को सुरुवात तिर गरियो । अवतारको खुद निर्माण बजेट २३ करोड ७० लाख अमेरिकी डलर रहेको थियो । १५ करोड डलर प्रवद्र्धन खर्च सहित चलचित्रको लगानी २३ करोड ८० लाख देखि ३१ करोड डलर जति पुग्यो । अवतारलाई सामान्य हलको पर्दादेखि थ्रीडी पर्दा र यसका विभिन्न स्तरमा प्रदर्शन गरिएको थियो । फोरडी परीक्षणको लागि दक्षिण कोरियाका हलहरु रोजिएको थियो । स्मरण रहोस स् पछि यो चलचित्रको स्पेशल इफेक्ट भर्सन नेपालमा पनि पर्दशन गरिएको थियो । अवतारको प्रिमियर सो लन्डनमा डिसेम्बर १०, २००९ मा गरियो । लगत्तै अन्तराष्ट्रिय हलहरूमा डिसेम्बर १६ देखि र अमेरिका तथा क्यानडाका हलहरूमा डिसेम्बर १८ देखि प्रर्दशन सुरु भयो । चलचित्रमा प्रयोग भएका भिजुअल इफेक्टको उच्चत्तम स्तरले समिक्षकको राम्रो प्रतिक्रिया पायो । हलहरूमा चलचित्र प्रदर्शन हुँदा यसले बक्स अफिसका कैयौँ रेकर्डहरु तोड्दै आफूलाई सर्वाधिक कमाउने हलिउड फिल्ममा उभ्यायो । अमेरिका र क्यानडामा पनि यसले ‘टाइटानिक’ ९१९९७ इ० को बाह्र वर्षे रेकर्ड उछिन्दै सर्वाधिक कमाउने चलचित्र हुन पुग्यो (टाइटानिक चलचित्र पनि क्यामरुनले नै निर्देशन गरेका थिए) ।

२ अर्ब डलर भन्दा बढि कमाई गर्न पहिलो चलचित्रको रूपमा पनि टाइटानिक दर्ता हुन पुग्यो । ‘सर्वोत्कृष्ट चलचित्र’ र ‘सर्वोत्कृष्ट निर्देशक’ सहित ९ विधाको लागि अवतार अस्कर अवार्ड ९एकेडेमी अवार्ड० मा छनोट भयो । अतः ‘सर्वोत्कृष्ट कला निर्देशन’, ‘सर्वोत्कृष्ट छायाङ्कन’ र ‘बेस्ट भिजुअल इफेक्ट’ मा गरी ३ विधामा अवतारले अस्कर अवार्ड पायो । चलचित्रको ‘ब्लुरे’ डिस्कको बिक्रीले पनि उच्च बिक्रीको रेकर्ड कायम गर्यो । चलचित्रको सफलता पछि क्यामरुनले अवतारको ३ शृङ्खला बनाउने गरी ट्वेन्टिथ सेन्चुरी फक्ससँग सम्झौतामा हस्ताक्षर गरें ।