काठमाडैं । भारतमा कोरोनाभाइरसको प्रकोपले कति जडा गाडिसकेको छ भन्ने पुष्टि गर्न पछिल्लो २४ घण्टाको तथ्यांक हेर्दा पुग्छ । शनिबार विश्वभरका दश टप संक्रमित देशलाई मिलाउँदा जम्मा तीन लाख ९१ हजार कोरोना पोजेटिभ भेटिए । तर ती ५० देशलाई जोड गर्दा पनि एक्लो भारतमा हिजो तीन लाख ९२ हजार बिरामी पहिचान गरियो। यसको मतलब विश्वका कुल ५० देशहरु मिलाउँदा पनि एक्लो भारतमा एक हजार बढी कोरोनाका बिरामीहरु भेटिए।्

यद्यपि शुक्रबारको तुलनामा शनिबार कम केश भेटिएका हुन् । शुक्रबार ४ लाख भन्दा बढीमा कोरोना देखीएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पनि भारतमै उच्च रहेको छ । हिजो त्यहाँ एकैदिनमा ३६ सय बढी कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

यस्तै भारतमा कोरोनाका अपडेट्सहरु यस्ता छन्

  • जर्मनीले शनिबार भारतमा १२० भेन्टिलेटर पठाएको छ । अर्को हप्ता, जर्मनीका १३ प्राविधिक टोलीहरूले पनि मोबाइल अक्सिजन उत्पादन र भरण प्लान्ट पठाउने छन्। यसले भारतमा यसका लागि प्रशिक्षण कार्यक्रम सुरु गर्नेछ।
  • दिल्लीको म्याक्स अस्पतालको कोभिड वार्डमा कार्यरत डाक्टर विवेक रायले आत्महत्या गरेका छन् । गोवामा बढ्दो कोरोना केसलाई ध्यानमा राख्दै, सोमबार बिहानदेखि ४ दिनको लकडाउन लगाइएको छ।
  • अमेरिकाले मे ४ देखि भारतीयहरूको आगमनमा प्रतिबन्ध लगाएको छ। अमेरिकी प्रशासनले यो निर्णय कोरोना संक्रमणलाई ध्यानमा राखी उठाएको हो।
    शुक्रवार भारतका १५ करोड ४८ लाख जनतालाई कोरोना खोपको पहिलो र दोस्रो डोज दिइएको छ । आजदेखि यो खोप देशभित्र १५ देखी ४५ वर्ष उमेरका लाई लगाइने छ ।