काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमै बस्ने बताइएको छ ।

आजै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । सो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र ईश्वर पोखरेलबीच छलफल भएको बताइएको छ ।

यस विषयमा स्थायी कमिटीमा छलफल हुने बताइएको छ ।